Download


यौन तथा प्रजनन स्वास्थ्य र अधिकार

यममाया श्रेष्ठ

प्रजनन स्वास्थ्य भनेको हरेक मानीसहरु शारीरिक, मानसीक तथा सामाजीक रुपमा नै प्रजनन प्रणली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु हो । प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसंग सम्वन्धित विषयहरुको बारेमा समेत कुरा गर्ने गर्दछ । साथै यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक ब्यक्तिको हुने भएकोले यहाँ युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी केहि विषयहरुमा प्रष्ट्याउने प्रयास गरिएको छ ।


 

सुरक्षित, व्यवस्थित र सम्मानित बैदेशिक रोजगारी : आजको प्राथमिकता

बिष्णु बहादुर खत्री 

नेपालमा बैदेशिक रोजगारी नयाँ होइन । नेपालको बैदेशिक रोजगारी एक सय वर्ष भन्दा पुरानो छ । भारत, व्रिटिश, सिंगापुरमा आर्मी प्रहरीमा नेपाली युवाहरु जागिर खाने चलन पुरानो हो । भारतीय सेनामा भर्ती हुदा लाहोरमा पल्टन भएकाले लाहुर जाने भन्दा भन्दै लाहुरे भनिएको र पछि भारतमा काम गर्न जानेलाई लाहुरे भनि सम्वोधन भएकोमा यो शब्द आजपनि बैदेशिक रोजगारीका लागि प्रयोग हुने गरेको छ । नेपाल अंग्रेज युद्ध पश्चात गरिएको सम्झौतामा एउटा गोर्खा पल्टन बनाउने सहमति भएको पाइन्छ । सोही अनुसार भारत र बेलायतमा आजसम्म पनि नेपाली युवा सेनामा जागिरका लागि गईरहेका छन् । नेपालमा बैदेशिक रोजगारी लाहुर जाने वा मुग्लान जाने नाममा धेरै पुरानो भएता पनि भारत बाहेकका देशहरुमा बिदेश जाने नै भनेर जान थालेको भने धेरै भएको छैन । करिव चार दशक जति मात्र भएको नेपालको बैदेशिक रोजगारीको पछिल्लो यात्राले छोटो समयमा धेरै संभावनाका साथै जोखिमहरु पनि बोकिरहेको छ ।

पुरा लेखको लागि यहाँ क्लीक गर्नुहोस

नेपालमा युवा उद्यमशीलता विकासका लागि भएका प्रयासहरु

                                                            गोकुल बाँस्तोला

उद्यमशीलता के हो ?

सामान्य अर्थमा उद्यमी र उस्को आर्थिक उन्नतीसँग सम्बन्धित क्रियाकलापलाई उद्यमशीलता भन्ने गरिन्छ । आय आर्जन गर्ने वा नाफा कमाउने उद्देश्यले कुनै पनि उद्यमीले गर्ने कार्यहरुलाई उद्यमशीलता भन्न सकिन्छ । उद्यमशीलता एक सृजनात्मक -Creative_ वा नव प्रवर्तनात्मक -Innovative_ कार्य हो जससँग जोखिम पनि जोडिएर आएको हुन्छ ।

पुरा लेखको लागि यहाँ क्लीक गर्नुहोस

युवा वर्गमा एच.आई.भी. सचेतना – सन्दर्भ सामाग्री

निला थापा

१. एच.आई.भी. सम्वन्धी विश्व इतिहाँस तथा नेपालः
हिजोआज समाजमा एच.आई.भि. र एड्सका बारेमा चर्चा परिचर्चा हुने गरेका छन् । साथै विभिन्न सञ्चारका माध्यामहरु जस्तै पत्रपत्रिका, टिभि, रेडियो जस्ता सञ्चारका माध्यमहरु वाट पनि एच.आई.भि र एड्सका बारेमा सन्देश मुलक जानकारी पाईरहेका सुनिरहेका हुन्छौ भने होर्डिङबोर्ड, भित्तेपत्रिका, सवारीका साधनहरुमा पनि यस सम्वन्धी जानकारी मुलक पर्चा पम्पलेट टाँसिरहेको देख्न पाउछौ । तर पनि कतिपय समाजमा एच.आई.भि. र एड्सका बारेमा सत्य तथ्य र सही जानकारी पाउन सकेका छैनन् । यतिसम्म कि आफु एच.आई.भि. बाट कसरी वच्ने भन्ने सही जानकारी सम्म पाएका छैनन् भने भ्रमपुर्ण र अन्ध विश्वास रहेको पनि पाईन्छ । विश्वको इतिहासमा हेर् नेहो भने सर्वप्रथम सन् १९८१ मा संयुक्त राज्य अमेरीकामा एक किसिमको निमोनिया र छालाको क्यान्सरको नयाँरोग देखापर्यो जुनरोगको लक्षण पहिले देखा परेका रोगहरु भन्दा नयाँ किसिमको थियो र सो रोगलाई नयाँ रोग फैलिरहेको आशंका गरीयो र यस्ता रोगीहरुको संख्या साधारणतया पहिलेको भन्दा वढी देखियो ।

पुरा लेखको लागि यहाँ क्लीक गर्नुहोस

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png