नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीतिको मर्म अनुसार ७५ वटै जिल्लामा युवा सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । सवै युवा सूचना केन्द्रहरुमा मन्त्रालयले केहि भौतिक सामाग्रीहरु साथै कार्यक्रम र दैनिक कार्यालय सञ्चालनको निम्ति केहि खर्च समेत पठाइरहेको छ । युवा सूचना केन्द्र हाल जिल्ला खेलकुद विकास समिति मार्फत सञ्चालनमा आएको छ । सूचना केन्द्रको छुट्टै कार्यालय र कर्मचारी नभएको कारण सवै जिल्लामा यसको उद्देश्य अनुरुप सञ्चालनमा आएको छैन । मन्त्रालय सवै जिल्लामा राम्रोसंग युवा सूचना केन्द्रहरु सञ्चालनमा ल्याउन प्रयासरत रहेको छ । यसै क्रममा मन्त्रालयले सेभ द चिल्ड्रेन र युवा गैरसरकारी संस्था महासंघसंगको सहकार्यमा ६ जिल्लाका युवा सूचना केन्द्रको सवलीकरण गर्ने साथै केन्द्रमा केन्द्रीय युवा सूचना केन्द्र स्थापना गर्ने कार्य भइरहेको छ ।
सेभ द चिल्ड्रेन¸ युवा तथा खेलकुद मन्त्रालय तथा युवा गैरसरकारी संस्था महासंघ बीचमा कार्यान्वयनको चरणमा रहेको Promoting Model Adolescent and Youth Friendly Information Centers (AYFIC) समझदारीपत्रमा २७ आषाढ २०६९ मा हस्ताक्षर भएको जसमा सेभ द चिल्ड्रेनका तर्फबाट राष्ट्रिय निर्देशक ब्रायन जे हन्टर¸मन्त्रालयका तर्फबाट सहसचिव शान्तिराम शर्मा तथा युवा गैरसरकारी संस्था महासंघका तर्फबाट केन्द्रीय अध्यक्षले दस्तखत गर्नु भएको थियो । रुकुम¸अछाम¸प्युठान¸कपिलवस्तु¸सिरहा र काठमाडौंमा सञ्चालित युवा सूचना केन्द्रहरुलाई सहयोग गर्ने गरीको उक्त समझदारीपत्रको समयावधि समझदारी पत्रमा हस्ताक्षर भएको तत्कालिन मिति २७ आषाढ २०६९ देखि 31 December 2014 तदनुसार १६ पौष २०७१ सम्म रहने उल्लेख भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर भए पश्चात निर्देशक समितिको सहमतिमा निम्नानुसारका कार्यहरु भएका छन् ।
ब्यवसायीक तालिम सञ्चालनमा राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई...
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय...
सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना चालु आ.ब. २०७१/०७२ मा...