Download

युवा साझेदारी कार्यक्रमः

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयको स्थापना भएको समय देखि नै युवा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा यो बर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिदै सवै जिल्लामा कार्यक्रम सञ्चालनमा आएको छ । अघिल्लो बर्ष सवै स्थानीय युवा साझेदारी कार्यक्रम जिल्ला विकास समिति मार्फत सञ्चालनमा आए पनि यो बर्ष भने १८ जिल्लाका युवा सूचना केन्द्रले आफैले सञ्चालन गर्न मन्त्रालयले स्वीकृती दिएको छ । यसै अन्तर्गत ति युवा सूचना केन्द्रहरुले प्रस्ताव छनौट गरी हाल परियोजना कार्यान्वयनको अवस्थामा रहेको छ ।

युवा सूचना केन्द्रको स्तरबृद्धि: 

युवा सूचना केन्द्र युवामा युवाहरुको लागि आवश्यक सामाग्री साथै जनशक्ति नभएको कारण युवाहरुलाई आकर्षण गर्न सकिएको छैन । यसै कुरालाई मध्यनजर गरी मन्त्रालयले १५ सूचना केन्द्रहरुमा भौतिक सामाग्रीहरु थप गरी एक जना जनशक्ति समेत ब्यवस्था गर्दै प्रभावकारी रुपमा केन्द्रहरु सञ्चालन गर्न बजेटको विनियोजन गरी काम सुरु गरिएको छ ।

नमुना युवा सूचना केन्द्र:

युवा तथा खेलकुद मन्त्रालय, रेष्टलेस डेभलवमेन्ट र युवा गैरसरकारी संस्था महासंघको संयुक्त पहलमा मोरङ, कास्की, मकवानपुर, सुर्खेत र डडेलधुराको युवा सूचना केन्द्रहरुलाई नमुना युवा सूचना केन्द्र घोषणा गरी केन्द्रलाई सवलीकरण गर्दै युवा लक्षित कार्यक्रमहरु सञ्चालनमा आएको छ । सवै नमुना युवा सूचना केन्द्रमा दक्ष जनशक्तिका साथै भौतिक सामाग्रीहरु र निरन्तर कार्यक्रमहरु रहेको कारण दैनिक युवाहरुको आगमनमा बृद्धि भइरहेको छ ।

युवा सूचना केन्द्रको एकिकरणः

आछाम, रुकुम, प्यूठान, कपिलवस्तु, सिराहा र काठमाडौंको युवा सूचना केन्द्रहरुको स्तरवृद्धिको लागि सेभ द चिल्ड्रेन र युवा गैरसरकारी संस्था महासंघको सहयोगमा काम भईरहेको छ । हाल सवै सूचना केन्द्रहरुलाई कम्प्युटर लगाएत केही सामाग्रीहरु उपलब्ध गराइएको छ । यसको साथै सेभ द चिल्ड्रेनले सञ्चालन गरेका केन्द्रहरु र मन्त्रालयका केन्द्रहरुको विचमा समन्वय र समान विकासको निम्ती पोखरा, सौराहा तथा नगरकोटहरुमा कार्याशाला गोष्ठिहरु पनि सञ्चालन गरिसकिएको छ । हाल प्यूठानमा सेभ द चिल्ड्रेनले सञ्चालन गरेका र मन्त्रालयले सञ्चालन गरेको सूचना केन्द्र एकिकरण भई एकै स्थानबाट सञ्चालन भईसकेको छ भने रुकुममा एकिकरण गर्ने निर्णय भई काम अगाडि बढेको छ । साथै काठमाडौं र कपिलवस्तु जिल्लामा पनि युवा सूचना केन्द्रहरु एकिकरणको प्रकृयामा रहेको छ ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png