पाटनकी अर्चना शाक्य काठमाडौंको इन्द्रचोकस्थित पल्स ब्युटी पार्लर सैलुनमा ब्युटिसियन सम्बन्धी ६ महिनाको डिप्लोमा कोर्स गरिरहेकी छिन्। सीप सिकेपछि आफ्नै पार्लर खोलेर आत्मनिर्भर बन्ने लक्ष्यसाथ तालिममा आएको उनले सुनाइन्।
अर्चनाले दशकअघि एस एल सी पास गरे पनि पारिवारिक कारणले अध्ययन अघि बढाउन सकिनन्। तर सीप सिकेर समाजमा आर्थिक रुपमा सक्षम हुने उनको विश्वास छ।
‘अहिले म एउटा निजी विद्यालयमा पढाउँछु। तर श्रम अनुसारको पारिश्रमिक छैन,' अर्चनाले नागरिकसँग भनिन्, ‘यो सीप सिकेपछि थोरै लगानीमा पार्लर खोल्ने योजना छ । ६ महिनामा डिप्लोमा कोर्स पूरा गरेपछि सीप बेचेर आर्थिक रुपमा सक्षम बन्न सकिने उनको विश्वास छ।
अर्चनाले पाटन क्षेत्रमै ब्युटी पार्लर खोल्ने तयारी गरिसकेको सुनाइन्।
सोही पार्लरमा मेकअप विषयको एक महिने स्पेसल कोर्स गरिरहेकी बनस्थलीकी संगीता मानन्धर पनि आफैं पार्लर खोल्ने योजनामा छिन् । संगीता बनेपास्थित आइटिसी ब्युटी पार्लरमा जागिरे छिन्। मेकअपमा बढी रुची भएकोले छोटो अवधिको विशेष तालिम लिन आएको उनले सुनाइन्। संगीताले बनस्थलीमा आफ्नै घरमा पार्लर खोल्ने बताइन्।
अध्ययनका साथै सीप सिके स्वदेश र विदेशमा समेत स्वरोजागर हुनसक्ने विश्वास अर्की प्रशिक्षार्थी रश्मिता खड्गीको छ। ताहचलकी २१ वर्षीय खड्गी स्नातक तहमा अध्ययनरत छिन् । अहिलेको अवस्थामा पढाइले मात्र सबै थोकगर्न नसक्ने उनको अनुभव छ । ‘हातमा सीप भए विदेशमा पनि पार्लर खोलेर कमाउन सकिन् । रश्मिताले भनिन्, ‘पढाइले रोजगारी नदिने रहेछ ।' ब्युटिसियनमा डिप्लोमा गरेपछि आफ्नै पार्लर खोलेर भए पनि आत्मनिर्भर बन्न सक्ने विश्वास लिएको उनले बताइन्।
ब्युटी पार्लर क्षेत्रमा तीन दशक बिताएको बताउने सैलुनकी प्रबन्ध निर्देशक लक्ष्मी श्रेष्ठले महिलालाई सीपमूलक शिक्षाले आर्थिक रुपमा सक्षम बनाउँदै गएको अनुभव सुनाइन्।
यो सैलुनले पार्लरको कोर्स डिजाइनदेखि तालिम सञ्चालनसम्म गर्ने उनको भनाइ छ। ब्युटिसियनको कोर्समा कपाल कटिङ, मेकअप, थ्रेडिङ, फेसियल, दुलही शृंगार, आइब्रो ट्याटु, मेडिकेयर, पेडिकेयर लगायत धेरैथरी विषय हुन्छन्। विद्यार्थीले रुची अनुसारको छानेर सिक्न पाउने श्रेष्ठले बताइन्।
‘सस्तो शुल्कमै स्तरीय तालिम दिएका छौं । प्रबन्ध निर्देशक श्रेष्ठले दाबी गरिन ‘यसले बर्सेनि ७० दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।' तालिम लिएका मध्ये केहीले विदेशमा समेत पार्लर खोलेको उनले दाबी गरिन्।
पल्सले घरेलु र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सहकार्यमा समेत तालिम कक्षा सञ्चालन गर्ने गरेको छ।
सैलुनकी प्रमुख कार्यकारी अधिकृत लकी श्रेष्ठका अनुसार सीपमूलक तालिम र डिप्लोमा कोर्स गरेर महिलाहरु आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्दै गएका छन् । ‘केही त रोजगारदाता नै बनेका छन्,' लकीले भनिन्, ‘यहाँ सिक्नेमध्ये ६० प्रतिशतले आफ्नै पार्लर खोलेका छन्।
ब्यवसायीक तालिम सञ्चालनमा राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई...
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय...
सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना चालु आ.ब. २०७१/०७२ मा...