प्रकाशित मिति: २०१५-०३-२३ राजधानी दैनिक
पर्वतको दक्षिणी गाविस कुर्घाका युवाहरू व्यावसायिक बाख्रापालनमा जुटेका छन् । जिल्लामा मासुको खपत बढिरहेका बेला कुर्घाका ६ जना युवा साझेदारी बाख्रा पालनमा जुटेका हुन् ।
२५ माउ बाख्रा बाट सुरु गरीएको उक्त फर्मलाई आगामी केहि महिनाभित्र १ सय माउ बाख्रा पुर्यायाउने उनीहरूको लक्ष्य छ । निजी लगानीमा सुरु गरिएको सो व्यावसायिक फर्ममा हालसम्म कुनै निकायले सहयोग नगरेको फर्म सञ्चालक सदस्य डिल्ली चापागार्इंले बताए । झन्डै ५ लाख रुपैयाँको लागतमा सुरु गरिएको फर्ममा हाल माउसहित ४० ओटा बाख्रा रहेका छन् ।
सुधारिएको खोर, व्यवस्थित आहारा र दाना सहितको व्यवस्थापन मिलाएर आफूहरूले व्यावसायिक फर्मको सुरुवात गरिएको उनीहरू बताउँछन् । ‘उन्नत घाँस लगाउने गरी जग्गाको समेत तयारी भइरहेको छ’ सञ्चालक सदस्य चापागाईंले भने, ‘विदेशको खाडी भन्दा नेपालको झाडी हामीले रोज्याौ । अर्काको देशमा गर्ने श्रम आफनै देशमा गर्ने सोच बनाएपछि राज्यले भने कुनै सहयोग नगरेकामा चापागाईंले दुःख व्यक्त गरे । ‘सभासद् विकास लम्सालले सहयोग गर्ने वाचा गरेका छन्,’ चापागार्इं भन्छन्, ‘अन्य सरकारी निकायको कुनै सहयोग छैन ।’
स्थानीय खरी जातका बाख्रालाई जमुनापारीसँग क्रस गराएर उत्पादन भएका बाख्रा फर्ममा रहेका छन् । उन्नत बाख्रापालनबाट आम्दानी बढी लिन सकिने भएकाले उन्नत बाख्राको खोजीमा आफूहरू लागेको उनीहरू बताउँछन् । ३० रोपनी क्षेत्रफलको जग्गामा घाँसखेती गर्ने उनीहरूले तयारी गरीरहेका छन् ।
कुर्घा गाविसका डिल्ली चापागार्इं, कालीदास चापागाईं, दुर्गाबहादुर पौडेल, नेत्रप्रसाद चापागार्इं, शान्ति चापागाईं र सुमन चापागार्इंले फर्ममा संयुक्त लगानी गरेका छन् ।
साझेदारी व्यवसाय अन्तर्गत कुखुरापालन, माछापालन र तरकारी खेती पनि गर्ने उनीहरूको योजना रहेको छ । दिनहुँ करोडौ रकम कृषिजन्य वस्तु खरिदमा नेपालको धन भारत गइरहेको बताउँदै आफूहरूको प्रयासमा राष्ट्रलाई पनि सानो सहयोग मिल्ने सञ्चालक सदस्य दुर्गा पौडेल बताउँछन् ।
सरकारी क्षेत्रबाट प्राविधिक सहयोग उपलब्ध भएमा फर्म सञ्चालनमा थप सहयोग पुग्ने बताउँदै पौडेलले आर्थिक अवस्था कमजोर भएका सदस्यबाट सुरु गरिएको फर्मको बजार व्यवस्थापनमा समेत सरकारी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।
ब्यवसायीक तालिम सञ्चालनमा राष्ट्रिय युवा नीति, २०६६ को भावनाबमोजिम युवाको क्षमता विकास गरी उनीहरुलाई...
प्राथमिकता र बिशेष प्राथमिकताको समूहका युवाका लागि क्षमता विकास तालिम कार्यक्रम सञ्चालन भौगोलिक विकट...
मिति २०७१ माघ ५ गते युवा तथा खेलकुद मन्त्रालयले केन्द्रीय युवा सूचना केन्द्रको उदघाटन तथा केन्द्रीय...
सूचना नं. ४/०७१/०७२ युवा बुलेटिनका लागी लेख/रचना उपलब्ध गराउने सम्वन्धी सूचना चालु आ.ब. २०७१/०७२ मा...