You are here: गृहपृष्‍ठसफलताको कथा

Download


प्रकाशित मिति: २०१५-०३-२३ राजधानी दैनिक

पर्वतको दक्षिणी गाविस कुर्घाका युवाहरू व्यावसायिक बाख्रापालनमा जुटेका छन् । जिल्लामा मासुको खपत बढिरहेका बेला कुर्घाका ६ जना युवा साझेदारी बाख्रा पालनमा जुटेका हुन् ।

२५ माउ बाख्रा बाट सुरु गरीएको उक्त फर्मलाई आगामी केहि महिनाभित्र १ सय माउ बाख्रा पुर्यायाउने उनीहरूको लक्ष्य छ । निजी लगानीमा सुरु गरिएको सो व्यावसायिक फर्ममा हालसम्म कुनै निकायले सहयोग नगरेको फर्म सञ्चालक सदस्य डिल्ली चापागार्इंले बताए । झन्डै ५ लाख रुपैयाँको लागतमा सुरु गरिएको फर्ममा हाल माउसहित ४० ओटा बाख्रा रहेका छन् ।

सुधारिएको खोर, व्यवस्थित आहारा र दाना सहितको व्यवस्थापन मिलाएर आफूहरूले व्यावसायिक फर्मको सुरुवात गरिएको उनीहरू बताउँछन् । ‘उन्नत घाँस लगाउने गरी जग्गाको समेत तयारी भइरहेको छ’ सञ्चालक सदस्य चापागाईंले भने, ‘विदेशको खाडी भन्दा नेपालको झाडी हामीले रोज्याौ । अर्काको देशमा गर्ने श्रम आफनै देशमा गर्ने सोच बनाएपछि राज्यले भने कुनै सहयोग नगरेकामा चापागाईंले दुःख व्यक्त गरे । ‘सभासद् विकास लम्सालले सहयोग गर्ने वाचा गरेका छन्,’ चापागार्इं भन्छन्, ‘अन्य सरकारी निकायको कुनै सहयोग छैन ।’

स्थानीय खरी जातका बाख्रालाई जमुनापारीसँग क्रस गराएर उत्पादन भएका बाख्रा फर्ममा रहेका छन् । उन्नत बाख्रापालनबाट आम्दानी बढी लिन सकिने भएकाले उन्नत बाख्राको खोजीमा आफूहरू लागेको उनीहरू बताउँछन् । ३० रोपनी क्षेत्रफलको जग्गामा घाँसखेती गर्ने उनीहरूले तयारी गरीरहेका छन् ।

कुर्घा गाविसका डिल्ली चापागार्इं, कालीदास चापागाईं, दुर्गाबहादुर पौडेल, नेत्रप्रसाद चापागार्इं, शान्ति चापागाईं र सुमन चापागार्इंले फर्ममा संयुक्त लगानी गरेका छन् ।

साझेदारी व्यवसाय अन्तर्गत कुखुरापालन, माछापालन र तरकारी खेती पनि गर्ने उनीहरूको योजना रहेको छ । दिनहुँ करोडौ रकम कृषिजन्य वस्तु खरिदमा नेपालको धन भारत गइरहेको बताउँदै आफूहरूको प्रयासमा राष्ट्रलाई पनि सानो सहयोग मिल्ने सञ्चालक सदस्य दुर्गा पौडेल बताउँछन् ।

सरकारी क्षेत्रबाट प्राविधिक सहयोग उपलब्ध भएमा फर्म सञ्चालनमा थप सहयोग पुग्ने बताउँदै पौडेलले आर्थिक अवस्था कमजोर भएका सदस्यबाट सुरु गरिएको फर्मको बजार व्यवस्थापनमा समेत सरकारी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।

db73a674adb7cc60ad22ece8a6c63c82 L

प्रकाशित मित २०७१-१२-१३ नागरिक दैनिक

पाटनकी अर्चना शाक्य काठमाडौंको इन्द्रचोकस्थित पल्स ब्युटी पार्लर सैलुनमा ब्युटिसियन सम्बन्धी ६ महिनाको डिप्लोमा कोर्स गरिरहेकी छिन्। सीप सिकेपछि आफ्नै पार्लर खोलेर आत्मनिर्भर बन्ने लक्ष्यसाथ तालिममा आएको उनले सुनाइन्।

अर्चनाले दशकअघि एस एल सी पास गरे पनि पारिवारिक कारणले अध्ययन अघि बढाउन सकिनन्। तर सीप सिकेर समाजमा आर्थिक रुपमा सक्षम हुने उनको विश्वास छ।


अहिले म एउटा निजी विद्यालयमा पढाउँछु। तर श्रम अनुसारको पारिश्रमिक छैन,' अर्चनाले नागरिकसँग भनिन्, ‘यो सीप सिकेपछि थोरै लगानीमा पार्लर खोल्ने योजना छ । महिनामा डिप्लोमा कोर्स पूरा गरेपछि सीप बेचेर आर्थिक रुपमा सक्षम बन्न सकिने उनको विश्वास छ।
अर्चनाले पाटन क्षेत्रमै ब्युटी पार्लर खोल्ने तयारी गरिसकेको सुनाइन्।


सोही पार्लरमा मेकअप विषयको एक महिने स्पेसल कोर्स गरिरहेकी बनस्थलीकी संगीता मानन्धर पनि आफैं पार्लर खोल्ने योजनामा छिन् । संगीता बनेपास्थित आइटिसी ब्युटी पार्लरमा जागिरे छिन्। मेकअपमा बढी रुची भएकोले छोटो अवधिको विशेष तालिम लिन आएको उनले सुनाइन्। संगीताले बनस्थलीमा आफ्नै घरमा पार्लर खोल्ने बताइन्।


अध्ययनका साथै सीप सिके स्वदेश र विदेशमा समेत स्वरोजागर हुनसक्ने विश्वास अर्की प्रशिक्षार्थी रश्मिता खड्गीको छ। ताहचलकी २१ वर्षीय खड्गी स्नातक तहमा अध्ययनरत छिन् । अहिलेको अवस्थामा पढाइले मात्र सबै थोकगर्न नसक्ने उनको अनुभव छ । हातमा सीप भए विदेशमा पनि पार्लर खोलेर कमाउन सकिन् । रश्मिताले भनिन्, ‘पढाइले रोजगारी नदिने रहेछ ।' ब्युटिसियनमा डिप्लोमा गरेपछि आफ्नै पार्लर खोलेर भए पनि आत्मनिर्भर बन्न सक्ने विश्वास लिएको उनले बताइन्।


ब्युटी पार्लर क्षेत्रमा तीन दशक बिताएको बताउने सैलुनकी प्रबन्ध निर्देशक लक्ष्मी श्रेष्ठले महिलालाई सीपमूलक शिक्षाले आर्थिक रुपमा सक्षम बनाउँदै गएको अनुभव सुनाइन्।
यो सैलुनले पार्लरको कोर्स डिजाइनदेखि तालिम सञ्चालनसम्म गर्ने उनको भनाइ छ। ब्युटिसियनको कोर्समा कपाल कटिङ, मेकअप, थ्रेडिङ, फेसियल, दुलही शृंगार, आइब्रो ट्याटु, मेडिकेयर, पेडिकेयर लगायत धेरैथरी विषय हुन्छन्। विद्यार्थीले रुची अनुसारको छानेर सिक्न पाउने श्रेष्ठले बताइन्।


सस्तो शुल्कमै स्तरीय तालिम दिएका छौं । प्रबन्ध निर्देशक श्रेष्ठले दाबी गरिन यसले बर्सेनि ७० दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।' तालिम लिएका मध्ये केहीले विदेशमा समेत पार्लर खोलेको उनले दाबी गरिन्।


पल्सले घरेलु र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सहकार्यमा समेत तालिम कक्षा सञ्चालन गर्ने गरेको छ।


सैलुनकी प्रमुख कार्यकारी अधिकृत लकी श्रेष्ठका अनुसार सीपमूलक तालिम र डिप्लोमा  कोर्स गरेर महिलाहरु आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्दै गएका छन् ।केही त रोजगारदाता नै बनेका छन्,' लकीले भनिन्, ‘यहाँ सिक्नेमध्ये ६० प्रतिशतले आफ्नै पार्लर खोलेका छन्।


काठमाडौं-पाटनकी अर्चना शाक्य काठमाडौंको इन्द्रचोकस्थित पल्स ब्युटी पार्लर सैलुनमा ब्युटिसियन सम्बन्धी ६ महिनाको डिप्लोमा कोर्स गरिरहेकी छिन्। सीप सिकेपछि आफ्नै पार्लर खोलेर आत्मनिर्भर बन्ने लक्ष्यसाथ तालिममा आएको उनले सुनाइन्। - See more at: http://www.nagariknews.com/economy/main-story/story/35449.html#sthash.75f22mEp.dpuf
काठमाडौं-पाटनकी अर्चना शाक्य काठमाडौंको इन्द्रचोकस्थित पल्स ब्युटी पार्लर सैलुनमा ब्युटिसियन सम्बन्धी ६ महिनाको डिप्लोमा कोर्स गरिरहेकी छिन्। सीप सिकेपछि आफ्नै पार्लर खोलेर आत्मनिर्भर बन्ने लक्ष्यसाथ तालिममा आएको उनले सुनाइन्। - See more at: http://www.nagariknews.com/economy/main-story/story/35449.html#sthash.75f22mEp.dpuf

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png